Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

के हो दशै, कसरी शुरु भयो ? जान्नुहोस

रिता घिसिंग,
October 12, 2018

ॐ जयंती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।

दशमी संस्कृत शब्द हो । त्यही दशमीबाट दशै भयो । तत्सम् शब्द तत्भव भयो । दशमी र दशै दुबै मोटो श हुन्छ । अहिले पातलो शब्द पनि लेख्न थालियो । त्यसो गर्दा पातलो स सँग दशैको सम्बन्ध फाट्छ । त्यो पनि सांस्कृतिक ह्रास हो । व्याकरणका विवाद पनि छन् । संस्कृतिले पुरानो समाजलाई वर्तमानसँग जोड्ने काम गर्छ । त्यसलाई छुटाउने काम गर्न हुन्न ।

विजयादशमी भनेपछि विजय जोडिन्छ, विजय भनेको जित हो । त्रेता युगमा रामले लंकामा विजय प्राप्त गरेपछि पृथ्वी नारायण शाहको दिग्बिजय पनि जोडियो । तर यसको प्रारम्भ नत मैशासुरलाई मारेको कारणबाट हो, न त रावणलाई नत पृथ्वी नारायणको दिग्विजयको कारणले नै आरम्भ भएको हो । यो त पहिलेदेखि नै चलेको चलन हो । यसको प्रारम्भ भएको नेपालबाटै हो । अरु देशबाट होइन ।

नेपाल हिमाली देश । जति धेरै हिमाल हुन्छन् । जलप्रवाह त्यति नै बढी हुन्छ । पहिले हिमालहरुमा विशाल हिउँ हुन्थ्यो । नदीनाला ठूलाठूला हुन्थे । वर्षामा बाढी आउँछ । प्राचिन कालमा पैदलै हिडेर नदी तर्नुपथ्यो । हिउँदमा बिबाहवारी हुने । टाढाटाढाबाट घर आउनु पथ्र्यो । पुल थिएन । टाढा भएकाहरुको केही खवर आउँदैन । असार बित्छ, साउन, भदौ बित्छ, अनि असोजको आधाआधी बितेपछि जव शुक्ल पक्ष आउँछ । वर्षातका भेल साम्य भएका हुन्छन्, पानी सङ्लो भएको हुन्छ । नदी कहाबाट तर्ने भन्ने बुद्धि लगाउन सजिलो हुन्छ । पारिका मान्छे वारी, वारीका मान्छे पारी जान्छन् । भेटघाट हुन्छ । यो वर्षा त बाँचियो, प्रकृति माथि जित हाँसिल गरियो भन्ने महसुस हुन्छ सबैमा ।

शरद ऋतुको सौन्दर्य आएको छ, फूल फक्रेका छन् । प्रकृति सुन्दर भएको छ । त्यही सुन्दरतामा सबैको भेटघाट हुन्छ । रमाइलो वातावरण हुन्छ । अर्को साल पनि यसैगरी भेटघाट होस्, रमाइलो होस भनेर आर्शिवाद दिने गरिन्छ । यसरी दशै पर्वको आरम्भ भयो ।

यसरी प्रकृति माथिको विजयको भावना छँदासम्म सबै जातजाति एउटै भावनामा बाँधिएका थिए । अहिले आएर फेरी आफ्नै तरिकाले अथ्र्याउन थालियो । भुकम्प, चट्टयाङ, नदीनाला, डढेलो जस्ता प्राकृतिक विपत्तिले जातजाति छुट्टाउँदैन ।

यसरी नै दशैको धार्मिक महत्व पनि छ । हरेक कुरा विज्ञानबाट प्रारम्भ हुन्छ । त्यस्ले विस्तारै आस्थाको रुप लिन्छ । कहिलेकाँही आस्थालाई वढावा दिने घटना घट्छन् । त्यसैलाई व्यवस्थित रुप लिँदै गर्दा कालान्तरमा आस्थालाई पुष्टि गर्ने घटना घट्छन् । विजयादशमीमा दुर्गा भगवतीले दानव माथि विजय गर्ने घटना कालान्तरमा उपस्थित भयो । पहिले दावनहरु माथि विजय गरेपछि मात्र दशै शुरु भयो भन्ने गरिएको छ । त्योभन्दा अघि प्रकृति माथिको विजय यात्र विर्सेको हो । पछि दुर्गाले विजय गरेको घटना मिसियो । पछि त्रेता युगमा भगवान रामको अवतार भयो । विजयादशमीकै दिन यात्रा गरेर रामले रावण माथि विजय प्राप्त गरेपछि अर्को प्रसंग थपियो ।

हिन्दुधर्मका हरेक कुरामा संस्कृति, धर्म, विज्ञान सबै जोडिएको हुन्छ । प्रकृति माथिको विजयबाट यो आरम्भ भयो । पछि संयोगले दुर्गादेवीको विजय भयो । दानवहरु असत्य र देवताहरु सत्यको रक्षाका लागि लडेका थिए । आजभन्दा अढाई सय वर्ष अघि पृथ्वी नारायण शाह नेपाललाई एकीकृत गर्ने यात्रामा हिड्न लाग्दा विजयादशमीको साइतमा हिड्नु राम्रो हुन्छ भन्ने परम्परा बसिसकेकाले अर्को सन्दर्भ जोडिन आयो । उनलाई आमाले अक्षताको टिका लगाएर विदा गर्दा टिकाको सन्दर्भ जोडियो ।

यदि अघिल्ला इतिहास विर्सेर अढाई सय वर्ष अघिको कुरा गर्ने हो भने पृथ्वी नारायण शाहले विजय प्रप्त गरेको खुशीयालीमा दशै मनाउन थालिएको भनिएला । त्यसो भनियो भने संसार भरी फैलिएका हिन्दुसँग सम्बन्ध विच्छेद हुन सक्छ ।

दशैको विवाद किन ?
अहिले दशैलाई सबैले दशैको रुपमा मान्न पनि छोडेको अवस्था छ । कतिपयले यो चाडलाई परिमार्जन गर्नु पर्छ भन्न थालेका छन् । आर्य र अनआर्यबीचको विवाद उठ्यो । अघिल्लो इतिहास विर्सेकाले यी कुराले ठाउँ पाएका हुन् । प्रकृति माथिको विजयबाट दशै आरम्भ भएको हो भन्ने कुरा नबिर्सिएको भए आर्य र अनआर्यको विजय हुने थिएन । दशै सबै जाति र वर्गको हो । त्यसैले संस्कृतिमा राजनीति प्रवेश गर्यो । फुटाउ र राज गर भन्ने बेलायतीहरुको सिद्धान्तले वर्वाद पर्यो ।

मधेस र पहाडका भाईभाईको कस्तो मित्रता थियो । सबै एकाकार भएका थिए । उनीहरुलाई प्रयोग गरेर सत्ता प्राप्त गर्ने खेलमा लागेकी भन्ने लाग्दैछ । विवाद भयो तर त्यो विवाद स्थाई होला भन्ने त लाग्दैन । बेला मौकामा राजनीति गर्नेले र संस्कृति माथि आक्रमण गर्नेहरुले पनि संस्कृति माथि आक्रमण गर्दैछन् । यो संस्कृति तिमीहरुको होइन भनेपछि उनीहरु त संस्कृति विहित भए । जसले गर्दा तिमीहरुको चार्ड भएन, अर्को चार्ड मनाउनु पर्छ भनेर भन्न थाले । मानिरहेको संस्कृत नफ्याके त अर्को संस्कृति भेटिन्न ।

पहिले तराईवासीले मात्र मनाउन गरेको छठ अहिले सबैले मान्न थालेका छन् । जुन निक्कै खुशीको कुरा हो । कतिपय चार्ड साझा हुन्छ । कतिपय निश्चित जातिका मात्र हुन्छन् तर हरेक चार्डको पछाडि सुन्दर इतिहास र विज्ञान लुकेको हुन्छ तीनलाई खोज्नु पर्छ । तर छठ्, ल्होत्सार लगायतका चार्डभन्दा सबैलाई जोड्ने चार्ड दशै नै हो, यो सबैको चाड हो ।

बलि वाध्यता कि बिकृती ?
बलि प्रथा विवादमा छ अहिले । कसैको रमाइलोका लागि कसैको जीवन समाप्त पार्ने कुरा चित्त नबुझ्दो छ । बलि प्रथाको पछाडि पनि अहिंसा मिसिएको छ । जथाभावि मानिसले पशु हिंसा नगरुन भनेर प्राचिन ऋषिहरुले एउटा व्यवथा गरे । जथाभावि पशु हिंसा नगर्नका लागि विधि तय गरिएको छ । तर हतियार उठाई हत्या गरिहाल्न पाइन्न । पशुको बलि दिँदा विधि बनाइएको छ । शास्त्र अनुसारको बलि भएको छैन । बलि दिनका लागि युवा पशु हुनु पर्ने भनिएको छ । स्त्री पशुलाई बलि दिन्न पाइन्न, निरोगि हुनुपर्छ । नियम पुरयाएर बलि नदिइकाले वलि दिनेहरुले पनि पुण्य पाएका छैनन ।

वलि दिने कुरा शास्त्रमा नभएको होइन । विधि पुरयाएर वलि दिँदा पुण्य हुन्न म भन्दिन । किनकी सामान्य मान्छेले शास्त्रका सबै रहस्य बुझेका छन् भनेर अहंकार गर्न पनि हुन्न । विधि पुर्याउन नसके त्यो कर्म नगर भन्छ शास्त्रले । गढिमाईको बलि होस् वा दशैको बेलामा देवीपीठहरुमा दिइने बलि नै किन नहोस् त्यो दानविय नृसंस हत्या हुन्छ । त्यहाँ बलिको विधि नै पुगेको हुँदैन । पुजारी सबैलाई हतार हुन्छ । जसले गर्दा विधिलाई लत्याइएको छ ।

एउटा वलि दिनका लागि कतिबेर बेद मन्त्र पढ्ने, कसरी अभिमन्त्रण गर्ने, कुन प्राथर्ना गर्ने जस्ता सबै विधि लत्याइएको छ । यो विकृति हो त्यसलाई सकेसम्म त्यसलाई हटाउनु पर्छ । चेतनाको जागरण हुनु पर्छ । भाकल गर्ने कुराहरु पनि अन्ध विश्वासमा आधारित छ । विधि पुरयाउन सकिन्न भने देवी देवताका मन्दीरमा लगेर कसैको जीवनलाई अत्य गर्ने र हत्या गर्ने काम राम्रो होइन । विधि पुरयाएर गर्नेहरुका लागि मेरो कुनै सिकायत छैन ।
-नेपाली हेडलाइन्सबाट

प्रतिक्रिया