Pnpkhabar.com
बुधबार, भाद्र ६, २०७५
VITata

यस्ता स्वार्थी मान्छेको संगत कहिले नगर्नुहोस, स्वार्थी मानिस कसरी चिन्ने ? जान्नुहोस

रिता घिसिंग,
October 12, 2018

एजेन्सी : कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।

यस्ता मानिसहरु आफ्नोमात्र खुसीको लागि जे पनि गर्न सक्छन् तर अरुको खुसीको कारण बन्न सक्दैनन् । यस्तो लाइफ पार्टनर कसरी चिन्ने। यो धेरै कठिन काम हो तर केही उपाय यस्ता मानिसहरु चिन्न मदत गर्छन् ।

के तपाईको अगाडी बसेर खाना खाइरहेको छ तर तपाईलाई खानाको लागि सोध्दा पनि सोध्दैन। र तपाई भोकै हुनुहुन्छ र तपाईलाई खानाको लागि वास्तै नगरी एक्लै खाना बस्छ भने जान्नुहोस् यस्ता मानिसहरु स्वार्थी हुन्छन् ।

यदी उसलाई घुम्न मन लाग्छ भने उ प्लानहरु बनाइराख्छ तर आफुले बनाएको प्लानलाई वास्ता नै गर्दैन भने सम्झनुहोस् यस्तो पार्टनर एकदमै स्वार्थी हुन्छन् ।

तपाईको साथमा हिडिरहेको छ तर, तपाईको कुनै वास्ता नै गरिरहेको छैन भने बुझ्नुहोस् यस्ता पार्टनर स्वार्थी हुन्छन् ।

तपाईको नजिक रहेर पनि विभिन्न बहानामा फोनमा व्यस्त रहन्छ, तपाईले गरेका कामहरुलाई वास्ता नै गर्दैन र कुरा गर्नका लागि पनि हिचकिचाउन गर्छ भने सम्झनुहोस् यस्ता मानिसहरु स्वार्थी हुन्छन् ।

तपाईले गरेका हरेक कामलाई उ नकारात्मक सोचले हेर्छ रु तपाईलाई विनाकारण दोष लगाउने गर्छ । बुझ्नुहोस् यस्ता मानिससँग भावी सम्बन्ध धेरै दिन सक्दैनन् ।

प्रतिक्रिया