Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment सेवाग्राहीसँग घुस लिएको अभियोगमा उपसचिव पक्राउ - Pnpkhabar.com

सेवाग्राहीसँग घुस लिएको अभियोगमा उपसचिव पक्राउ

admin,
October 11, 2018

काठमाडौँ, २५ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका इकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरिएको छ ।

विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरेको हो । आरोपी उपसचिव साहको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया