‘अनुराग’ हाउसफुल भएर टिकट नपाएपछि हलमै दर्शकहरुले गरे चर्को नाराबाजी (भिडियो)

मनिषा थापा

पत्रकार ऋषि धमलाद्वारा निर्मित नपाली कथानक चलचित्र ‘अनुराग’ हिजोदेखि अल नेपाल प्रदर्शनमा आएको छ । तर, प्रदर्शनको आज तेस्रो दिन हो। हिजो शनिबारको दिन अनुरागले आक्रमक व्यापार गरेको छ ।

काठमाडौंका गोपीकृष्ण हल र अष्टनारायण हलमा अनुरागको टिकट नपाएपछि दर्शकहरुले खैलाबैला मच्चाएका छन् ।

हलमा अनुरागको नाराबाजी नै लागेको थियो । टिकट काउन्टर अघि पत्रकार धमला पुग्दा दर्शकले जनता जान्न चाहन्छन ऋषिजी खोई अनुरागको टिकट भन्दै नाराबाजी गरेका थिए । अनुराग हेर्न दर्शकको घुईँचो लागेको देख्दा धमला दङ्ग देखिन्थे।

प्रतिक्रिया