अभिनेत्री तथा पूर्व मिस इन्डिया शियालीले भनिन्, ‘ममाथि यौनहिंसा भएको थिएन, प्लिज अमिताभ बच्चनलाई बदनाम नगर्नुहोस्’

पूजा बानियाँ

मि टू अभियानले बलिउडमा यौनहिंसा पीडितलाई आफ्नो आवाज उठाउनका लागि एउटा प्लेटफर्म दिएको छ । सामाजिक संजालका भित्ता भरि यौनहिंसाका विभिन्न कहानी देख्न पाइएको छ । जसमा एउटा पुरानो केस भाइरल भइरहेको छ । यो केस हो सयाली भगतको । जहाँ सन् २०११ मा सयालीले अमिताभ बच्चनमाथि एक कार्यक्रममा उनलाई गलत ढङ्गले छोएको आरोप लगाएको बताइयो ।

उक्त मुद्दा साइबर क्राइमको थियोः वास्तवमा एक ट्वीटर प्रयोगकर्ताले यसलाई ट्वीट गरेपछि यसलाई धेरैले रिट्वीट गरियो जसका कारण यो भाइरल भयो । एक भारतीय मिडियाले जब सयाली भगतसँग कुरा गर्यो तब उनले यो पूरा मामला गलत भएको बताइन् ।

उनले भनिन्, ‘ म यौनहिंसाकी पीडित होइन । तर म साइबर क्राइमको शिकार पक्कै हुँ । झुटो प्रेस नोटलाई मेरो स्टेटमेन्ट भनेर फैलाइँदै छ । पहिला पनि यस्तो झुटो प्रेस नोट सर्कुलेट गरिएको थियो । प्लिज यस्तो अबरलाई नचलाउनुहोस् । सन् २०११ मा बम्बे हाइकोर्टले मेरो पक्षमा निर्णय लिएको थियो जुन साइबर क्राइमसँग जोडिएको थियो । प्लिज अमिताभ बच्चन र मलाई बदनाम नगर्नुहोस् ।’

यस्तो थियो पुरानो मुद्दाः द ट्रेन, जेलजस्ता फिल्ममा काम गरिसकेकी पूर्व मिस इन्डिया सयाली भगतको नाममा सन् २०११ मा एउटा स्टेटमेन्ट जारी भयो । उक्त स्टेटमेन्टमा सयालीले टीनू वर्माको फिल्म ‘द विकेन्ड’ को लञ्चिङको क्रममा मुख्य अतिथीको रुपमा आएका अभिताभ बच्चनसँग आशिर्वाद लिनका लागि झुक्दा गलत तरिकाले छोएको बताइयो । उक्त स्टेटमेन्टमा सयालीले साइनी अहुजा, आर्य बब्बर, साजिद खान र थुप्रै चर्चित कलाकारमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी थिइन् ।

माफी मागिसकेकी छिन् सयालीः यो मामलामा अमिताभले पुलिसको सहारा लिए । अनुसन्धानपछि यो मामला साइबर क्राइम भएको पत्ता लाग्यो । सयाली भगतले आफूलाई साइबर क्राइमको शिकार बताउँदै सबैसँग माफी मागिन् र उनका पूर्व पब्लिसिस्टले उनको सहमती बिना बयान जारी गरेको जानकारी दिइन् । आफू यसका लागि निकै लज्जित भएको पनि बताइन् । त्यसपछि सयालीले आफ्ना पूर्व पब्लिसिस्टविरुद्ध पुलिसमा मुद्दा पनि दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू