एजेन्सी : नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। अमलाको बोट र फल त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ ।
अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अायुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलाकाे फाइदा र उपयाेगितालाई यसरी हेर्न सकिन्छ…
- अमलालाइ कुटेर कपालमा लगाउनुभयाे भने ९०% कपाल टुक्रनबाट राेक्छ । कपाल बाक्लाे, कालाे र चम्किलाे बनाउँछ ।
- अमलाकाे जुसमा थाेरै मह मिसाएर पिउँदा अाखाँकाे ज्याेती बढाउन सहयाेग मिल्छ । यसकाे नियमित सेवनले रतन्धाे हुनबाट पनि बचाउँछ ।
- अमलामा क्याल्सियम, प्राेटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पाेषक तत्वहरू हुन्छ यसले
- शरिरकाे राेग प्रतिराेधात्मक क्षमता पनि बढाउँछ ।
- नियमित रूपमा अमला खाँदा यसले शरीरकाे सेल बढाउँछ र स्र्फूत राख्छ । यसले रक्तसन्चालन गराउनुका साथै मुटु सम्बन्धि राेग लाग्नबाट पनि बचाउँछ । डाइबेटिजका बिरामीका लागि पनि अमला निकै नै फाइदापूर्ण हुन्छ ।
- यसले मेटाबाेलिजम बढाउनुका साथै शरीरमा तागत दिन्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाइ मजबुद बनाउछ ।
- अमलामा पानीकाे मात्रा हुनाले पिसाब सम्बन्धि समस्या पनि हटेर जान्छ ।
- अमलाकाे नियमित सेवनले चाउरीपना हटाउन मदत गर्छ ।
- अमलाकाे सेवनले निद्रा नलाग्ने समस्या समेत हटेर जान्छ ।