अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुर्तिमा पिसाब गर्न सार्वजनिक आव्हान

रिता घिसिंग

एजेन्सी : हाम्रो छिमेकी राष्ट्र भारतमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुर्ति बनाएर एक भारतीय नागरिकले पुजा गरिरहेका छन् भने उनकै मुलुकमा भने उनको मुर्तिमा ‘पिसाब गर’ भनि सार्वजनिक आव्हान गरिएको छ ।

अमेरिकी शहर ब्रुकलिनको एक सडकको छेउछाउका विभिन्न स्थानमा राष्ट्रपति ट्रम्पको अर्धकदको मुर्ति राखिएको छ । त्यसमा सबैले देख्ने गरि प्रष्ट अक्षरमा लेखिएको छ – यहाँ पिसाब गर्नुहोस्। (Pee On Me)

यो मुर्ति फिल गब्ले नामका एक व्यक्तिले राखेका हुन् । उनि एक एडभार्टाजिङ एक्ज्युकिटिभ हुन् । उनका अनुसार यो मुर्ति निजी र सामाजिक भावनाको प्रतिकस्वरुप त्यहाँ राखिएको हो । एक प्रकारले यो कार्य ट्रम्पलाई अमेरिकी राष्ट्रपति र व्यक्तिको रुपमा समेत तिरस्कार गर्ने उद्देश्यस्वरुप पुतलाको रुपमा राखिएको हो ।

उनि चाहन्छन्, यहाँ कुकुरले समेत पिसाब गरोस् ताकि सडक र कसैको बगैंचा समेत फोहर नहोस् । यसलाई गब्लेले पर्सनल एक्सप्रेशन गर्ने माध्यम भएको र यसो गर्नु उनलाई पुरापुरी हक भएको बताएका छन् । यसलाई अमेरिकी ‘फ्रिडम अफ एक्सप्रेशन’को नमुनाको रुपमा चर्चा गरिएको छ । राष्ट्रपति होस् वा अरु कुनै शक्तिशाली व्यक्तिको पनि रचनात्मक तरिकाले कटाक्ष गर्न, असन्तोष व्यक्त गर्न र विरोध पनि गर्न पाइन्छ भनि टिप्पणीकर्ताहरुले भनेका छन् ।

त्यसो त डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएपछि समेत उनलाई अमेरिकाको राष्ट्रपतिको रुपमा अस्विकार गर्ने जमात प्रशस्तै ठुलो छ । अमेरिकाका चर्चित सेलिब्रेटी देखि सामान्य मान्छेले पनि ट्रम्पलाई निचस्तरको रेसिस्ट भनि आरोप लगाउने गरेका छन् । त्यसैले अमेरिका भित्रै विभिन्न तरिकाले उनको पटक पटक विरोध गरिंदै आइएको छ ।

त्यो मुर्तिलाई हालसम्म अमेरिकी प्रशासनले हटाएको छैन तर कहिलेसम्म त्यसलाई त्यहाँ रहन दिन्छ वा गब्लेलाई के कारबाही गर्छ भन्ने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया