आँबुखैरेनीमा बस दुर्घटना, ३२ घाइते

admin

दमौली, ४ कात्तिक: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् । लमजुङको बेँसीशहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१ नंको बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
-रासस

प्रतिक्रिया