आगामी २५ वर्षभित्रमा नासाले मंगल ग्रहमा मान्छे अवतरण गराउने

मनिषा थापा

एजेन्सी  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी २५ वर्षभित्र मंगल ग्रहमा मान्छे अवतरण गराउने बताएको छ । त्यहाँ मानव अवतरण गराउन २५ वर्ष लाग्ने नासाका पूर्व अन्तरिक्षयात्री टोम जोनले बताएका छन् ।

मंगल ग्रहमा मानव अवतरण गराउन अहिले मेडिकल र प्रविधिको कारण कठिनाई आएको छ । रेडियसन, दृश्यमा समस्या र हड्डी बिग्रने जस्ता समस्या मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीमा देखिएको नासा अधिकारीहरुले बताएका छन् ।

यस्ता समस्या समाधान गरेर सन् २००१ मा अवकास लिएका उनले पहिला चार पटक अन्तरिक्षको यात्रा गरेका छन् । अहिलेको प्रविधिबाट अन्तरिक्ष यात्रीलाई मंगल ग्रहमा पुग्न ९ महिना लाग्नेछ । शून्य गुरुत्व भएका कारण मंगल ग्रहमा उत्रिन निकै समय लाग्ने र कठिन हुनेछ । लामो समयसम्म शून्य गुरुत्वमा तौलविहीन भएर बस्दा आँखाको रेटिनामा समस्या आउनेछ । रक्त कोषिकाहरुमा पनि समस्या आउनेछ ।

रेटिनामा समस्या आएका कारण देख्न सक्ने क्षमता कमजोर हुँदै जानेछ । र विस्तारै अस्थिपञ्जरबाट क्याल्सियम सकिँदैै जाने र हड्डी कमजोर हुँदै जान्छ । नासाका अनुसार मंगल ग्रह जाँदा त्यस्तो समस्याबाट जोगिन कम समयमा मंगल ग्रहमा पुग्नु नै उपयुक्त हुन्छ । तर त्यस्तो समस्याको समाधान अहिलेसम्म भएको छैन् ।

नासाका अनुसार हानिकारक विकिरणहरुले मानव शरीरमा असर पुर्याउने भएका कारण त्यहाँ पुग्ने अन्तरिक्षयात्री पनि सुरक्षित हुँदैनन् । एरोस्पेसका विज्ञहरुले त्यस्ता धेरै प्रविधिहरु पत्ता लागेको बताएका छन्, उदाहरणको रुपमा ‘स्पेसक्राफ्ट’लाई तुरुन्त विकास गरेर अन्तरिक्ष यात्री मंगल ग्रहमा सुरक्षित रुपमा अवतरण गरी त्यहाँको अवस्था अध्ययन गरेर पुनः पृथ्वीमा नै फर्किन सक्नेछन् । सन् २०२० मा नासाले त्यहाँ अर्को यान पठाउने तयारी गरेको छ जसले त्यहाँको वातावरण, त्यहाँ जीव रहे–नरहेको संकेत र भविष्यमा मानवको उत्पत्तिबारे अध्ययन गर्नेछ ।

प्रतिक्रिया