आजदेखी नेपाल टेलिभिजनवाट मेघा सिरियल “डियर जिन्दगी” प्रसारण हुदै

admin

काठमाडौँ, २४ असोज: आज घटस्थापना दिन । आजदेखी नेपाल टेलिभिजनवाट मेघा सिरियल डियर जिन्दगी आज राति ७ :०५ बजे  प्रसारण हुदैछ । जनकदीप पराजुलीले निर्देशन गरेको यो सिरियल पुर्ण पारिवारिक कथामा आधारित रहने सिरियलका को प्रोड्युसर रघुनाथ सापकोटा ले बताए । उनले भने, ‘यो सिरियलले नेपाली परिवारको कथा वोल्नेछ, हामी पुर्ण रुपमा मिहेनत गरेका छौं ।’

कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको निर्माण रहेको सिरियलको केहि दिनअघि ट्रेलर सार्वजनिक गरिएको छ । वसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको सिरियलमा सुनील थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारले अभिनय गरेका छन् । सिरियलका निर्माता रामकृष्ण बिसी हुन् भने युवराज खत्री कार्यकारी निर्माता र सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता छन् ।

प्रतिक्रिया