एशियाका १०० प्रभावशाली एशि‍यनको सुचीमा शाहरुख र ऐश्वर्या

मनिषा थापा

एजेन्सी  :  बलिउड स्टार अभिनेता शाहरुख खान र नायिका ऐश्वर्या राय एशियाको सय प्रभावशाली व्यक्तीहरुको सूचीमा परेका छन् । एशियन जीयोग्राफीक नामक पत्रिकाले शाहरुख र ऐश्वर्याको नाम सार्बजनिक गर्दै पत्रिकाको फ्रन्ट पेजमा छापेको हो ।

शाहरुख बलिउडमा एकछत्र राज गर्न सफल कलाकार हुन् उनका विश्वभरी नै फ्यान फलोइङ छन् भने ऐश्वर्याको शुन्दरता र अभिनयको चर्चा पनि कम छैन । पत्रिकाले यी दुई कलाकारलाई सम्मानित पनि गरेको छ । प्रभावशाली व्यक्तिको सुचीमा बलिउड कलाकार, एक्टिविस्ट्स, क्र‍िकेटर्स र बिजनेसम्यानको नाम समाबेश छ।

पत्रिकाले शाहरुख ऐश्वर्याको अलावा भारतका क्रिकेटर सचिन तेन्दुलकर, ब्यापारी मुकेश अम्बानी, महिला ब्यवसायी किरण मजुमदार तथा लेखक अरुणधती रायलाई पनि प्रभावशाली ब्यक्तीहरुको सूचीमा समेटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू