कस्ता व्यक्तिले खानु हुँदैन तीते करेला ? जान्नुहोस्

रिता घिसिंग

एजेन्सी : स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिने तीतेकरेला कतिपय बिरामीका लागि भने विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेला खानु हुँदैन ।

शल्यक्रियापछि
शल्यक्रिया गरेपछि पनि तीतेकरेलाको प्रयोग गर्नुहुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

गर्भवती
करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

महिनावारी समस्या
बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।

पायल्सका बिरामी
पायल्सको समस्या भएका मानिसले पनि तीतेकरेला खानु हुँदैन । तीतेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

कलेजोको समस्या भएमा
तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको खानु हुँदैन ।

फर्टिलिटी समस्या भएमा
यदि फर्टिलिटीसम्बन्धी औषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्‍याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।

कम सुगर भएमा
करेलाको सेवनले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । त्यसैले सुगरको मात्रा कम हुनेहरूले कहिल्यै पनि करेला खानु हुँदैन ।

प्रतिक्रिया