काठमाडौँमा भेटियो १० रुपैयाँमा थरीथरीका कपडा देखि ३ हजारमा टिभी पाउने सुखावती स्टोर [हेर्नुहोस् भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  आजभोली महँगीले आकाश छोईरहेको बेला एक व्यपारी छन् जो राजधानी मै मात्र १० रुपैयामा लत्ताकपडा बेचीरहेका छन्। सुन्दा अचम्म लाग्न सक्छ तर यो कुरा सत्य हो।

काठमाडौँको सामाखुसीमा सुखवती नाम गरेको पसल छ जहाँ सजिलै लुगा किन्न पाइन्छ। यो पसलमा १० रुपैयाँदेखि एक हजार रुपैयाँसम्मका कपडा किन्न पाइन्छ । सुखावती स्टोरले १० रूपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० रुपैयाँ आम्दानी गर्ने गरेको छ ।

जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छ वर्षे कामपछि स्वदेश फर्केर कोरियन खानाका स्वाद नेपालीलाई चखाउन पोखरामा ह्याङकुक सराङ रेस्टुराँ खोले । त्यस्तै, काठमाडौँ ठमेलमा त्यसको विस्तार गरे । तर यतिमै उनको मन नेपालमै नरमाएपछि फेरि उनी कोरिया फर्किएर पाँच वर्ष बिताए ।

साढे दुई वर्ष ब्युटिफूल स्टोरमा काम गरे जहाँ एकचोटी प्रयोग भएका सामान सङ्कलन, छनोट, प्रशोधन, पुनःप्रयोग र त्यसको मूल्य निर्धारण गरी बेचिन्छ । यस्ता स्टोर कोरियामा १०० भन्दा बढी छन् । त्यही कामबाट प्रभावित भएर उनले नेपालमा खोलेका हुन्।

‘समाज सेवा गरौं र खुसी बाँडौं’ भन्ने उदेश्यले यो पसल खोलिएको चीजमान गुरुङले बताए। उनका स्टोरमा कपडा बेच्न राख्नु अघि आफैँ धुने, सिउने र आइरन लगाएर चिटिक्क पार्ने र अरु सामान मर्मत वा प्रशोधन गरी नयाँ बनाई सस्तो मूल्यमा बेचेको बताए।

कपडा, भान्सा र विद्युतीय सामान छिटो बिक्री भएको उनको भनाई छ । स्टोरले सामान दिने क्रम र बिक्री बढेपछि कलङ्की, जोरपाटी, फुटुङ हुँदै चक्रपथ बाहिर यस्तै कक्ष खोल्ने सोच राखेको अध्यक्ष गुरुङले बताए।

विनाशकारी भूकम्पपछि संस्थाले भूकम्पपीडितलाई तत्काल खाद्यान्न, कपडा र अत्यावश्यक सामग्री वितरण  पनि गरेको बताए । कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा संस्थाले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई रु ८० लाख बराबरको आठ हजार सिरक वितरण गरिसकेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू