कान्छी श्रीमती ल्याएर अमेरिकामा बसोबास गर्दै आएका बुबाले छोरालाई नागरिकता बनाईदिन नमानेपछि, यी युवक मिडियामा गुहार माग्दै [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  मिलेन्द्र तामाङ २१ वर्षीय युवक हुन्। तर २१ वर्ष भईसक्दा पनि उनले नागरिकता पाएका छैनन्। उनका आमा उनी सानै हुँदा दैबको प्यारी भईन। मिलेन्द्र आठ कक्षाको हुँदा उनका बाबुले कान्छी श्रीमती ल्याए। उनका बाबु अहिले अमेरिकामा छन्। उनका बाबु विदेशमा छन् भनेर फेसबुक मार्फत थाहाँ पाएका हुन्। उनी अहिले परिवारबाट टाढा छन्।

उनका बाबुले श्रीमती ल्याए पछि उनलाई ६ महिनाको लागि भनेर मामाघर पठाईदिए। त्यस समय बुबाले घर बेचिदिए जुन उनको नाममा रहेको हल्ला थियो । उनी गएको मामाघर पनि उनले सौतेनी आमा आएपछि मात्रै चिनेका हुन्। तर धेरै समय वित्दा समेत उनलाई लिन कोहि आएनन। उनका मामाले उनलाई होस्टेलमा राखिदिए। तर बुबासँग कुनै सम्पर्क भएन त्यसपछि पैसा तिर्न नसकेर उनी त्यहाँबाट भाग्न बाध्य भए। अहिले उनी साथीसंगै बानेश्वरको शंखमुलस्थित कोठामा बस्दै आएका छन्। उनी होटेलमा वेटरको काम गरेर पढ्ने खर्च जुटाई रहेका छन्। हाल उनी कक्षा ११मा अध्धयनरत छन् ।

उनले पटक-पटक नागरिकता दिलाउन आग्रह गरिरदा पनि बाबुले बनाई दिएका छैनन्। उनका सौतिनी आमाले नै उनका बाबुलाई नागरिकता बनाउन नदिएको उनले अन्तबाट सुन्नेका छन्। उनकी आमाले नागरिकता बनेपछि सम्पति माग्छ भनेर नै नागरिकता नबनाई दिएको उनको अनुमान छ। उनको बाबुको दोस्रो विवाह हुनु अघि उनलाई निकै माया गर्दथे जब कान्छी आमा आईन, त्यस समय देखि नै उनको र बाबुको सम्बन्धमा दुरी आएको छ ।

उनले आफ्ना बाबुलाई पिएनपिमिडियामार्फत अनुरोध गर्दै भने, ‘मलाई सरकारी जागिर खान नागरिकत्ता चाइन्छ। मलाई सम्पत्ति चाईदैन।’ बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू