किन धेरै समयसम्म उमाल्नुहुँदैन् खानेपानी ?

रिता घिसिंग

एजेन्सी : प्राय हामी सबैले खानेपानी उमालेर खान्छौँ । पानी यत्तिकै भन्दा उमालेर पिउँदा नै स्वस्थकर हुन्छ । तर चाहिने भन्दा धेरै समय पानी उमालेर पिउन थालियो भने स्वास्थ्यका लागि हानीकारक हुनसक्छ ।

जब पानी धेरै उमालिन्छ वा बारम्बार उमालिन्छ, तब यसमा आर्सेनिक, नाइट्राइट र फ्लुराइडको मात्रै धेरै बढ्छ । यीनीहरुको अधिक मात्रा स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आर्सेनिकको मात्रा
पानी धेरै उमाल्दा यसमा आर्सेनिकको मात्रै बढ्छ । आर्सेनिक धेरै भएको पानी पिउँदा क्यान्सर, मुटुरोगजस्ता बिराम हुने खतरा बढ्छ । जो धेरै समयदेखि आर्सेनिक धेरै भएको पानी पिउँदै आएको छ, उसलाई छाला सम्बन्धि रोग हुने संभावना प्रबल हुन्छ ।

विषालु नाइट्राइट
पानीलाई धेरै उमाल्दा यसमा नाइट्राइटको मात्रा बढ्दै जान्छ । जुन यसको एक अवयव पनि हो । पानी धेरै उमालेपछि नाइट्राइट स्वास्थ्यका लागि हानिकारक तत्वमा बदलिने संभावना हुन्छ । किनभने उच्च तापमानमा नाइट्राइट नाइट्रोसेमिनमा बदलिन्छ । जुन क्यान्सरको कारक बन्न सक्छ ।

फ्लुराइडको मात्रा बढ्दा
पानी धेरै उमाल्दा फ्लुराइडको मात्रो बढ्दै जान्छ । लामो समयसम्म धेरै फ्लुराइडयुक्त पानी पिउनेमा हड्डि कमजोर हुने रोग देखिन सक्छ ।

चिकित्सकहरुका अनुसार पानी ५ मिनेट भकभक उमाले किटाणु रहित पिउन योग्य हुन्छ ।

प्रतिक्रिया