किन हामीमा आध्यात्मिक ज्ञान हुन आवश्यक छ ? जान्नुहोस

मनिषा थापा

एजेन्सी  :  अध्यात्म भन्नसाथ हामीलाई आडम्बर लाग्छ । वा पुरातन सोंच र चिन्तन लाग्छ । तर, अध्यात्म एक विज्ञान हो । हामी भौतिक संसारमा मात्र बाँचिरहेका हुँदैनौं । छुटै मानविय मूल्य र मान्यताहरुमा पनि हाम्रो जीवन अडिएको हुन्छ । हामीले देख्ने भौतिक संसार बेग्लै छ । र, हामी आफैभित्र पनि एउटा संसार छ । त्यही संसारलाई चिहाउने माध्याम हो, अध्यात्म ।

सरल भाषामा भन्नुपर्दा यो यस्तो चिज हो, जसले हामीलाई सधै विनयी, विनम्र, अनुशासित, सन्तुलित रहन उत्प्रेरित गर्छ ।

कसरी गर्ने अध्यात्मकको विकास ?

जीवनमा सँधै अगाडि बढ्ने र प्रगति गर्ने सबैको चाहना हुन्छ । हुन त जीवनमा यसको आवश्यकता र महत्व पनि हुन्छ ।

आफ्नो व्यक्तित्वसँग जोडिएका सम्पूर्ण पक्षको विकास गर्नेे लक्ष्य हामीले राख्नुपर्छ । त्यसैले हामीले शारीरिक, मानसिक, भावनात्मक मात्रै होइन आध्यात्मिक विकासमा पनि ध्यान दिनुपर्छ ।

जीवनमा धेरैजसो मानिसले आध्यात्मिक विकासलाई बेवास्ता गर्छन् तर यो जीवनको अन्य पक्षमा हुने विकास जति नै महत्वपूर्ण हुन्छ ।

आफुमा आध्यात्मिक पक्षको विकास भएको छैन जस्तो लागिरहेको छ भने यसका लागि तपाईंमा तत्परता आवश्यक छ । यसका निम्ति समय छुट्याउनुहोस् । आध्यात्मिक विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको साधना हो ।

आध्यात्मिक विकासको लागि कष्ट सहनुपर्छ र तपाईंले सांसारिक सुख सुविधामा आफूलाई लिप्त गर्नुहुँदैन ।

१. आध्यात्मिक विकासको आवश्यकता महसुस हुँदैन

आध्यात्मिक रुपले विकास हुनु पहिले तपाईं यसको आवश्यकता महसुस हुनुपर्छ । यदि तपाईलाई आध्यात्मिक विकासको आवश्यकता महसुस हुँदैन भने आफु सही दिशामा गएको छैन भन्ने बुझ्नुहोस् । यो संकेतले तपाईं आध्यात्मिक रुपले उन्नती गरिरहनुभएको छैन भन्ने जनाउँछ ।

२. तनाव र ध्यान भडि्कएमा

जीवनमा तनाव र ध्यान भड्काउने खालका समस्या धेरै आइरहन्छन्। यदि तपाईंं लगातार तनावमा हुनुहुन्छ र व्यस्त हुनुहुन्छ भने तपाईंलाई आध्यात्मिक विकासको बारेमा सोच्ने समय नै मिल्दैन र तपाईंको आध्यात्मिक विकास हुँदैन ।

३. आध्यात्मिक लगाव नहुनु

धेरै मानिसहरु जीवनमा केही घटनाहरुको कारणले आध्यात्मिक लगावबाट टाढा हुन्छन् । आध्यात्मिक पक्षसँग नजोडिनाको कारणले पनि तपाइर्ंको आध्यात्मिक विकास हुन पाँउदैन ।

४. नराम्रो मानिसको प्रभाव

धेरै मानिसहरु नराम्रो मानिसको प्रभाव वा संगतमा आएर गलत बाटोमा अगाडि बढ्न थाल्छन् । भनिन्छ मानिसको संगतले उनीहरुको सोच्ने तरिका परिवर्तन गरिदिन्छ । नराम्रो संगतमा हुनाको कारणले पनि तपाईं जीवनमा आध्यात्मिक बाटोमा हिँड्न पाउनुहुँदैन ।

५. भौतिक सुखसयलको लत

आध्यात्मिक झुकावको मतलब हुन्छ कि तपाईं भौतिक चीजहरु प्रति मनमा धेरै लालच राख्नुहुन्न । यदि सुख सयल र भौतिक वस्तुहरुको लतलाई कम गर्न सक्नुहुन्न भने तपाईंको आध्यात्मिक विकास हुँदैन ।

प्रतिक्रिया