एजेन्सी : दृष्टिकोणले अनार निकै लाभदायी मानिन्छ । स्वास्थ्यका लागि भरपुर लाभदायी मानिने अनारको दाना मात्र नभइ बोक्रा पनि उत्तिकै लाभदायी हुन्छ ।
हामीमध्ये धेरैलाई अनारको बोक्राको फाइदाबारे थाहा नहुनसक्छ । अनारमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यसले हड्डीको स्वास्थ्यलाई पनि निकै सकरात्मक फाइदा पुर्याएको हुन्छ । दैनिक एक गिलास मनतातो पानीमा २ चम्चा अनारको बोक्राको धुलो मिसाएर सुत्नुअघि पिउँदा यसले हड्डी बलियो बनाउँछ ।
यदि तपाईंको घाँटीमा बारम्बार समस्या उत्पन्न हुन्छ भने अनारको बोक्राको धुलो पानीमा उमालेर पिउने अथवा बोक्रालाई पानीमा उमालेर घाँटी कुल्ला गर्नुहोस् ।
दैनिक एकपटक यसो गर्नाले तपाईंको घाँटीको समस्या धेरै हदसम्म निराकरण हुन्छ ।