कैदीबन्दीले दशैँ खर्च पठाए

admin

तनहूँ, २५ असोज : बडादशैँ नजिकिँदै गर्दा दमौली कारागारमा रहेका कैदीबन्दी घरमा दशैँ खर्च पठाउन व्यस्त छन् ।

तिनले मुढा, माछा मार्ने जाल, नाम्लो, ढकियालगायत सामग्री बनाएर बिक्री गरेर आएको पैसा घर पठाएका हुन् । सरकारले उपलब्ध गराउँदै आएको दैनिक रु ६० र ७०० ग्राम चामलले अपुग हुने भएपछि उनीहरु थप कमाइ गर्न लागेका हुन् ।
कैदी विष्णु भुजेलले मुढा बिक्री गरेर आएको रु १५ हजार घर पठाइएको बताउनुभयो । कारागारमा बनाइएका सामग्री तनहुँ कास्की, लमजुङ, गोरखालगायत जिल्लामा बिक्री गरिँदै आएको सहलेखापाल शकुन्तला न्यौपानेले बताउनुभयो । उहाँका अनुसार २५ जना क्षमताको कारागारमा नयाँ भवन थपेर ६५ जना बस्न मिल्ने बनाइएको छ । हाल कारागारमा ५३ थुनुवा र ६१ कैदीबन्दी छन् । रासस

प्रतिक्रिया