खाना खानेबित्तिकै किन नुहाउनु हुँदैन ? जान्नुहोस

रिता घिसिंग

एजेन्सी : खाना खाने बित्तिकै नुहाउन नहाउनु हुँदैन भनेर तपाईंले धेरैजनाले भनेको सुन्नुभएको हो तर यसलाई वञ्चित गरिनुको कारणबारे भने धेरैलाई थाहा नहुन सक्छ ।

शरिरको तापक्रम घट्छ 
खाना खानेबित्तिकै नुहाउँदा तपाईंको शरिरको तापक्रम घट्ने गर्छ त्यसकारण यसलाई नियन्त्रण गर्नका लागि शरिरका अन्य अंग जस्तै हात, खुट्टा, अनुहार आदिको रक्तप्रवाह बढ्ने गर्छ । यसो हुँदा शरिरको क्रियाकलाप सही ढङ्गले भइरहेको हुँदैन ।

यस्तो किन हुन्छ ?
शरिरमा जब हामी पानी हाल्छौं तब रगतको प्रवाह छालासम्म पुग्छ र शरिरमा गर्मी पैदा हुन्छ । यदि हामीले खाना खानेबित्तिकै नुहायौं भने खाना पचाउन मद्दत गर्ने पेट वरिपरिको रक्तसंचार प्रभावित हुन्छ जुन शरिरका अन्य भागमा नै तेज हुने गर्छ । यसो हुँदा खाना सही तरिकाले पच्दैन वा पच्न समय लाग्छ ।

खाना पचाउनका लागि शरिरलाई उच्च रक्त प्रवाहको आवश्यकता पर्छ । यदि खाना खाएपछि तातो पानीले नुहाउनु हुन्छ भने शरिरलाई चिसो बनाउने क्रममा रक्तनली फैलिएर रगतको तातोलाई छालासम्म पुर्याउने काम गर्छ । यस्तो अवस्थामा हाम्रो दिमागले चाहिने जति रगत पाउँदैन । यसको प्रतिक्रियामा हामीलाई रिंगटा लाग्नेजस्ता समस्या देखिन थाल्छ ।

यद्यपी, यो समस्या सबैमा देखिँदैन । यदि तपाईं बिरामी भइरहनुहुन्छ वा रक्तसंचारसम्बन्धि कुनै समस्याको सामना गरिरहनु भएको छ भने खाना खानेबित्तिकै नुहाउँदा रिंगटा लाग्न सक्छ । त्यसकारण खाना खाएको एक वा आधा घण्टासम्म ननुहाउनुहोस् । त्यसैले खाना खानेबित्तिकै भारी काम वा कुनै व्यायाम नगर्न पनि सल्लाह दिइन्छ । यद्यपी, यी सबै तथ्य चिकित्सकीय हिसाबले पूर्ण रुपमा प्रमाणित छैन ।

प्रतिक्रिया