डा. गोविन्द केसी र आन्दोलनकारी माथी प्रहरीको लाठ्ठी चार्च ! निर्मला प्रकणरकै कारण ओली सरकार धरापमा (भिडियो)

रिता घिसिंग

कंचनपुर : कंचनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पनि महिनौं दिन वित्तिसक्यो । तर, अझै पनि निर्मलाले न्याय पाउन सकेकी छैनन् ।

देशका विभिन्न स्थानमा निर्मलाको न्यायका लागि आन्दोलनहरु भईरहेका छ्न् । जसले गर्दा ओली सरकार धरापमा परेको छ भने गृहमन्त्री र आईजिपी सर्वेन्द्र खनालकोर राजिनामा माग गरिएको छ ।

बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणत भएको छ । प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् । थप भिडियोमा हेर्नुस् :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू