घन्टौंसम्म किन आयो फेसबुकमा समस्या ?

रिता घिसिंग

मङ्सिर २, काठमाडौँ : सामाजिक सन्जाल फेसबुकमा केही समय समस्या आएको छ।

आईतबार बिहान करिब १ घण्टासम्म फेसबुकको न्यूजफिडमा समस्या देखिएको हो। उक्त समस्या नेपालमा मात्र नभई विश्वभर भएको बुझिएको छ। बिहान १० बजे देखि करिब १ घण्टासम्म देखिएको यो समस्या विश्वभरका प्रयोगकर्ताले सामना गर्नुपरेको थियो।

फेसबुकका प्रयोगकर्ताहरुले अपलोड गरेको फोटा अथवा भिडियोमा फिचर नदेखाई न्यूजफिडमा सेतो पर्दा देखाईरहेको छ।

घन्टौंसम्म यस्तो समस्या किन र कसरी भयो भन्ने बारे फसेबुकले अधिकारिक जानकारी गराएको छैन।

प्रतिक्रिया