चलचित्रको शुटिंग गर्दागर्दै गर्भवती भएका थिए यी ३ नायिका !

रिता घिसिंग

एजेन्सी : बलिउडमा कलाकारहरु प्रेम प्रसंग, विवाह, झगडा मात्र नभई गर्भको कारण पनि चर्चामा हुने गर्छन्। गर्भवती भएका नायिकाहरु मात्र नभई नायिकाहरुले भर्खर जन्माएका सन्तान पनि मिडियाको आँखामा पर्ने गर्छन्। आज हामी यस लेखमा केहि नायिकाहरुको चर्चा गर्नेछौं। जो चलचित्रको सुटिंग हुँदै गर्दा गर्भवती भएका थिए।

ऐश्वर्या राय बच्चन
मिस वर्ल्ड समेत भैसकेकी ऐश्वर्या राय बच्चनलाई बलिउडकी धेरै चर्चित र चल्तीकी नायिकाको रुपमा परिचित छिन्। ऐश्वर्या राय बच्चनले मधुर भंडारकरको चलचित्र ‘हीरोइन’ मा काम गर्न साइन गरिसकेकी थिइन्। चलचित्रको छायाँकन हुँदै गर्दा ऐश्वर्या गर्भवती भएकी थिइन्। जसको कारण छायाँकन छोडेर करिनालाई चलचित्रमा भित्र्याउन भंडारकर बाध्य भएका थिए।

जया बच्चन
चलचित्र “शोले” को छायाँकन हुँदै गर्दा जया बच्चन गर्भवती भएकी थिईन्। चलचित्र छायाँकन हुँदै गर्दा गर्भवती भएता पनि उनले शुटिंग भने नरोकी छिटो-छिटो सकाएकी थिइन्। यस चलचित्रको छायाँकन पछि अभिषेकलाई जन्म दिएकी थिइन्। यहि समयमानै अमिताभ र रेखा बीच सम्बन्ध शुरु भएको हल्ला समेत चलेको थियो।

श्रीदेवी
यसै वर्ष मृत्यु भैसकेकी श्रीदेवी बलिउडकी पहिलो महिला सुपरस्टारको रुपमा चर्चित रहेकी छिन्। विवाहपूर्वनै गर्भवती भएको आरोप उनलाई लागेको थियो। एक चलचित्रको शुटिंग हुँदै गर्दा बोनी कपूरसँगको अफेयरको कारण गर्भवती भएकी थिइन्। त्यहि गर्भबाट अहिलेले चर्चित नायिका जन्ह्वीको जन्म भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू