चलचित्र ‘क्यारेंग ग्यांग ३’ को गीत ‘नो प्रोब्लम’को भिडियो सार्बजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : नेपाली चलचित्रको सिक्वेल बन्ने क्रम बढी नै रहेको छ । यसै क्रममा चलचित्र ‘क्यारेंग ग्यांग ३’ को पनि निर्माण सकिएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्रको गीत सार्बजनिक गरिएको छ । गीत सार्बजनिकसंगै चलचित्रको प्रचार प्रसार पनि सुरु भएको छ । नो प्रोब्लम बोलको सार्बजनिक गीतमा स्वर संगीत सानु खतिवडाको रहेको छ भने शब्द राजु लामाको रहेको छ ।

चलचित्रलाइ राजु लामाले निर्माण तथा निर्देशन गरेका हुन् । जीवन पराजुलीले छायांकन गरेको चलचित्रलाइ प्रदिप दाहालले सम्पादन गरेका छन् । चलचित्रमा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ । व्हाइट पिगन इन्टरटेनमेन्टको अफिसियल च्यानल मार्फत गीत सार्बजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको छैन ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया