चलचित्र ‘जय भोले’को पोस्टर र रिलिज डेट सार्वजनिक

रिता घिसिंग

काठमाडौ : चलचित्र जय भोलेको पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ । चलचित्र ‘जय भोले’ दशैको फूलपाति अर्थात असोज ३० गतेबाट देशभर प्रर्दशनमा आउदै छ । चलचित्र ‘छक्का पन्जा ३ र जय भोले’को भिडन्त हुने खवरहरु सञ्चार माध्यममा आएका थिए तर दुबै चलचित्रका निर्माताको लामो समयको छलफलपश्चात ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनामा र ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने पक्का भएको हो ।

अशोक शर्माको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी कथामा तयार गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया