चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक भएको छ । निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको ‘खुद्राखुद्री’ बोलको गीतमा शब्द र संगीत कोशिस क्षेत्रीको रहेको छ । गीतको भिडियोमा स्वस्तिमा र मुकुन भुषालले नृत्य एवं अभिनय गरेका छन् । गीतको भिडियोमा सुन्दरी स्वस्तिमा र र मुकुन भुषालको उत्कृष्ट डान्स रहेको छ ।

गीतको भिडियोमा स्वस्तिमा र मुकुन भुषालले नृत्य एवं अभिनय गरेका छन् । गीतमा शब्द र संगीत कोशिस क्षेत्रीको रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।विनोद पौडेलले निर्देशन गरेको फिल्ममा स्वस्तिमा र मुकुनबाहेक बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईको मुख्य भूमिका रहेको छ ।फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिएकी छिन् ।यो फिल्म आउँदो फागुन ३ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया