छक्का पन्जा ३ हेरेपछि दर्शकले दिए यस्तो प्रतिक्रिया [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। दशैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज भएको छ । आजबाट देशभरका सबैजसो पर्दामा रिलिज भएको यो चलचित्रले बिहानैबाट आक्रामक सुरुवात गरेको छ । काठमाण्डौ लगायत देशभरका अधिकांश मल्टिप्लेक्स हलमा दर्शकको उच्च चाप छ । अधिकांश हलमा बुकिङ तिब्र गतीमा भएकाले पनि दर्शकको भीड देखिएको हो । सबैजसो मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो दिएका थिए ।

काठमाण्डौका सिंगल हलमा पनि चलचित्रले राम्रो सुरुवात गरेको छ । आज घटस्थापना भएपनि सार्वजनिक बिदा भने छैन । तर, पनि दर्शकको चलचित्रप्रतिको मोह भने गज्जबको देखिएको छ ।

अघिल्ला दुई चलचित्रमा बिषयवस्तु भन्दा कमेडीलाई ध्यान दिएको यसको निर्माणपक्षले यसपटक भने बिषयवस्तुमा जोड दिएको छ । यसपटक सरकारी विद्यालयमा हुने राजनीति र त्यसले निम्त्याएको परिणामलाई उठान गरिएको छ ।

सरकारी विद्यालयमा हुने राजनीतिले विद्यार्थीको भविष्यलाई कसरी खेलवाड गरिरहेको छ भन्ने कथालाई चलचित्रले उठान गरेको छ । चलचित्र हेर्ने सबैले यसपटक बिषयवस्तु बलियो रहेको प्रतिक्रिया दिएका छन् । कतिले त यो इतिहास कै पहिलो चलचित्र हो जसले यति सुन्दर ढंगले समाजको विषयवस्तुलाई उठाएको छ भनेर समेत प्रतिक्रिया दिएका छन्।

दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रमा नायिकाद्धय प्रियंका कार्की र स्वस्तिमा खड्काको साथमा नायक संजोग कोइरालाको बिशेष भूमिकिा देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू