जटिल रोगीलाई रु १५ हजार वितरण

admin

उर्लाबारी, २९ असोज : मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ ।

दशैँतिहार, छठसहितका पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा आज नगर उपप्रमुख यमुना विष्टको अगुवाइमा वडाध्यक्ष, कार्यपालिका सदस्यसहितले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरणका क्रममा विष्टले आफू पनि एउटा मात्र मिर्गाैला भएको व्यक्ति भएकाले दीर्घ रोगसँग लड्नका लागि मनोबल बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अर्बुदरोग पीडित शिक्षक खेमराज घिमिरेले उक्त सहयोगले ठूलो ऊर्जा मिलेको बताउनुभयो । मुटु, मिर्गाैला, स्पाइनल कर्ड इञ्जुरी, अर्बुदरोग र बोनम्यारोको जटिल समस्या भएका नगरका बिरामीलाई उक्त सहयोग गर्ने निर्णय गरिएको थियो । सो निर्णयअनुसार १९ मुटुरोगी, १६ अर्बुदरोगी र सात मिर्गाैला रोगीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । रासस

प्रतिक्रिया