जान्नुहोस, ‘आर’ बाट नाम सुरु हुने व्यक्तिको स्वभाव र व्यक्तित्व

रिता घिसिंग

पिएनपिखबर : ‘आर’ बाट नाम सुरु भएका मानिसहरुको गुण ९ अंकसँग मेल खाने गर्छ । यस्ता व्यक्तिहरुमा सहनसक्ने क्षमता, बुद्धिमान र मानवता जस्ता गुणहरु उच्च हुने गर्छन् । विचारका हिसाबले पनि उनीहरु अरुको अगाडि डिप्लोम्याट जस्तै देखिन्छन् । व्यक्तिगत चरित्रमा पनि उनीहरु बलियो हुने गर्छन् ।

उनीहरुमा सोच्न सक्ने क्षमता, दया, र उच्च विचार बढी हुन्छ । परिवार, साथी, तथा घरप्रति उनीहरुको सधै न्यानो भावनाहरु रहिरहन्छ ।‘आर’ बाट नाम सुरु भएका मानिसहरु प्राय अरुको फाइदाका लागि बढी सोच्ने गर्छन् । अरुलाई सल्लाह सुझाव दिन र मदत गर्न सधै तयार रहन्छन् ।

त्यस्तै कुनै पनि समस्याको समाधानका लागि हरेक व्यक्तिलाई आकर्षित गर्न सक्छन् ।उनीहरु सिर्जनशिल हुन्छन्। कला तथा सस्कृतिप्रति उनीहरुको चासो समेत रहेको हुन्छ । आरबाट नाम सुरु भएका मानिसहरु मनोरञ्जन गर्न ज्यादा रुचाउने गर्छन् । कुनै पनि सुन्दरताको बयान गर्न उनीहरु पछि पर्दैनन्।

‘आर’ बाट नाम सुरु भएका मानिसहरु दानी, भगवान्प्रति विश्वास गर्ने खालका हुन्छन् ।त्यस्तै नकारात्मक कुरा गर्नुपर्दा उनीहरु छिट्टै रिसाउने खालका हुन्छन् । एउटा सानो कुरालाई लिएर धेरै सोच्ने गर्छन् । आफ्नोभन्दा पनि अरुको समस्या समाधान गर्न उनीहरु अग्रसर हुने गर्छन् ।

प्रतिक्रिया