टर्कीमा ४२ आप्रवासी पक्राउ

admin

इस्तानबुल, १७ असोज : टर्कीको राजधानी इस्तानबुलमा एउटा सानो ट्रकमा सवार रहेका ४२ जना गैरकानूनी पाकिस्तानी आप्रवासीलाई टर्कीज प्रहरीले कब्जामा लिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार शरणार्थीले भरिएको बागसिलार जिल्लामा एक सवारी साधनमा आएका ती आप्रवासीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी अर्को एक छुट्टै समाचारका अनुसार प्रहरीले गैरकानूनीरुपमा देशभित्र प्रवेश गरेका अफगान र पाकिस्तानी गरी १४० जनालाई पक्राउ गरेको छ । ती सबै गैरकानूनीरुपमा प्रवेश गरेका अफगान र पाकिस्तानीहरु टर्कीको पूर्वी प्रान्त भ्यानमा फेला परेका हुन् ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया