ठूलो परिणाममा विष्फोटक सामग्री बरामद

admin

इनरुवा, ३० असोज : चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक ग¥यो ।

फाइल फोटो

सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त स्थानबाट नागीन पट्टका करीब छ बण्डल र झिरझिरे करीब १०० प्याकेट बरामद गरिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ विष्फोटक पदार्थ ल्याइरहेका व्यक्ति प्रहरीलाई देखेपछि ती सामान छोडेर भागेको उहाँको भनाइ थियो । अजितकुमार झा, रासस

प्रतिक्रिया