‘डियर जिन्दगी’को नयाँ भाग सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’को छैठौ श्रृंखला सार्वजनिक गरिएको छ।


पारिवारिक कथा व्यथामा आधारित यस टेलिशृंखला हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाको अफिसियल युटुब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ। पिएनपिमिडियाले ‘डियर जिन्दगी’को शृंखला हरेक विहीबार साँझ सार्वजनिक गर्ने गर्दछ।

उक्त सिरियलमा जनकदीप पराजुलीको निर्देशन रहेको छ भने सिरियलका निर्माता रामकृष्ण बिसी हुन् । कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको सहकार्यमा निर्माण भईरहेको सिरियलमा बसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको छ। सिरियलका कार्यकारी निर्माताका रुपमा युवराज खत्री रहेका छन् । त्यस्तै सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता हुन् ।

सुनील थापालाई फिचर्ड गरिएको सिरियलमा श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस्तो छ छैठौ भाग…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू