डिसिएको क्रिकेट टोली मुम्बइ प्रस्थान

admin

धनगढी, ४ कात्तिक : धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भ्रमणका लागि आज मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात एकदिवसीय खेल खेल्न लागेको डिसिएले जनाएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले टोलीलाई बिदाइ गर्दै क्रिकेट खेलमा विकासका लागि नगरपालिकाले आगामी दिनमा बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मुम्बई भ्रमणले राष्ट्रका लागि प्रतिभावान् खेलाडी उत्पादन गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विकलगायत खेलाडी छन् । प्रशिक्षकमा दीपेन्द्र चौधरी र व्यवस्थापकमा भरत जोशीसमेत टोलीमा समावेश हुनुहुन्छ ।
-रासस

प्रतिक्रिया