डुब्नै लागेको देशलाई बचाउन र बामदेवलाई जिताउन राजीनामा ! (भिडियो सहित )

admin

काठमाडौं, असोज २५:  काठमाण्डौ क्षेत्र नम्बर सातबाट राजिनामा दिएर नेकपाको वरिष्ट नेता वामदेव गौतमलाई मार्ग प्रसस्त गरेका रामवीर मानन्धरले समृद्ध नेपालको निर्माणको लागि आफुले सांसद पद छोड्ने निर्णय गरेको बताएका छन् ।

वामदेव गौतमको लागि मार्गप्रसस्त गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । नेता गौतम मुुलुकको लागि आवश्यक नेता भएको उनको भनाइ छ । आफ्ना मतदाताको सम्मान गर्दै सांसद पदबाट राजिनामा दिने निर्णय गरिएको उनले बताए । नेता मानन्धरले पार्टी एकताको लागि पनि वामदेव गौतमको भुमिका महत्वपुर्ण रहेको उनले बताएका छन् ।

नेता वामदेवलाई जिताउनको लागि आफुले अभियान सञ्चालन गरीसकेको जानकारी दिए । नेता मानन्धरले अवसर पाएको खण्डमा पार्टी र सरकारभित्र रहेर जनताको पक्षमा काम गर्न तयार रहेको जानकारी दिए । उनले वामदेवलाई जिताउँदै नयाँ सन्देस दिन आफु आतुर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू