डेढ बर्षको उमेरमा आमाले छोडेर विदेश गएपनि गायक बन्ने सपना बोक्दै मिडियामा यी बालक [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। रोशन तामाङ् उमेरले भर्खर १६ वर्ष लागे तर उनको कुरा सुन्दा लाग्छ कि उनी व्यवहारले परिपक्क भइसकेका छन्। उनी करिव डेढ वर्षको हुँदा नै उनकी आमाले उनलाई छोडेर विदेश गएकी थिइन्। पारिवारिक घर झगडा अनि आर्थिक समस्याका कारण उनकी आमा विदेशीइन। लामो समयको विदेश बसाईका कारण रोशनले आमाको माया ममता महसुस गर्न पाएनन् भन्दा केहि फरक नपर्ला।

उनका आमा मात्रै होइन बाबा पनि विदेश नै गएका थिए। बाबा नेपाल फर्किए अनि एता नै उनको बाबाले अर्की आमा भित्राए। त्यति बेला उनी सानै थिए। उनलाई केहि कुराको ज्ञान नै थिएन। आफ्नो आमाको अभावमा उनलाई बाबा र बाबाको दोस्रो श्रीमतीसँग बस्दा खासै ममतापूर्ण व्यवहार पाएनन्। उनकी आमा पनि स्वदेश फर्किने नामै लिईनन्। उनले भने ,’आजको दिन सम्म पनि आमा विदेशमा नै हुनहुन्छ।’

लालनपालनमा कमीकमजोरी भएकै कारण उनलाई मामाको सहयोगमा मामाघर लगियो। मामाघरमा केहि समयको बसाई पछि उनी लामा बनेर इण्डिया गए। उनी केहि समय उतै बसे। लामा भएर उनलाई इण्डिया बस्न मन लागेन अनि उनी फेरी नेपालमा नै फर्किए। अहिले उनी साँखु, घुमाचोकस्थित मामाघरमा बस्दै आएका छन्। कक्षा ७ मा अध्ययनरत उनी संगीतमा निकै रुचि राख्छन्।

पहिलाको तुलनामा उनी अलि बुझ्ने भएका छन्। उनको अबको उदेश्य भनेकै चर्चित गायक बन्नु नै हो। उनलाई धेरै पढेर गायक बन्ने ठुलो रहर छ। प्राय जसो उनी सिरियस खालको गीत गाउँ मनपराउछन्। नेपालमा भइरहेको नेपाल आइडल र भ्वोइस अफ नेपाल जस्तो रियालिटी शोमा उनलाई सहभागिता जनाउन मन छ।

हेर्नुहोस् भिडियो :

-W4o9lwRhVY

प्रतिक्रिया

सम्बन्धित समाचारहरू