‘तराईमा शुद्ध खानेपानी वितरणको योजना निर्माण’

admin

कावासोती, २६ असोज : खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानीको पहुँच सुनिश्चितता गर्ने गरी विशेष योजना अगाडि बढाइएको बताउनुभएको छ ।

नवलपरासीको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २१औँ साधारणसभा तथा ओभरहेड ट्याङ्की उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा तराईमा शुद्ध खानेपानी वितरणका लागि महाकाली, कर्णाली, बवई, नारायणी, मेचीलगायतका नदीमा सम्भाव्यता अध्ययनसँगै आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयोे ।

उहाँले नवलपरासी, चितवनसहित छ जिल्लामा नारायणीको पानी शुद्धीकरण गरेर जनतामाझ पु¥याइने गरी दीर्घकालीन योजना अगाडि सारेको जानकारी गराउनुभयो । जनताले आर्षनिक युक्त पानी खान नपरोस् भनेर नारायणी ‘बल्क वाटर’ परियोजना सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

नेपाल सरकारको रु एक करोड ४० लाख र संस्थाको रु ५२ लाख गरी कुल रु एक करोड ९२ लाखको लागतमा खानेपानी ट्याङ्की र डिप बोरिङ निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुषालले जानकारी दिनुभयो । चार लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याक्की निर्माण भएसँगै देवचुली नगरपालिकाभित्रका १० देखि १५ नं गरी पाँच वडाका जनता लाभान्वित हुनेछन् । रासस

प्रतिक्रिया