तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा “नाङसाल” संचालन

admin

न्युयोर्क, ३१ असोज : तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा “नाङसाल” संचालनमा ल्याएको छ । अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, रितिथिति, भेष-भूषा, संस्कार-संस्कृति सिकाउने मुख्य उद्धेश्यका साथ नेपाली भाषाको कक्षा “नाङसाल” संचालनमा ल्याईएको हो ।

तामाङ समाज अमेरिकाले नेपाली समुदायको बालबालिकाहरूलाई नेपाली भाषा, रितिथिति, संस्कार संस्कृति, भेषभुषा आदिको संरक्षण, सम्बर्द्धन र बिकास गर्दै पछिल्लो पुस्तालाई सिकाउदै हस्तारण गर्ने मुख्य लक्ष र उद्धेश्यका साथ “नाङसाल” नेपाली भाषा कक्षा संचालनमा ल्याएको हो । हरेक आइतवार बिहान १० बजे देखि १२ बजे सम्म दुई घण्टा कक्षा संचालन गरिएको र छिट्टै तामाङ भाषा र अंग्रेजी भाषाको कक्षा संचालनको लागि गृहकार्य गरिरहेको छ । विद्धार्थीहरूलाई संयोजन गर्ने र नेपाली भाषाको कक्षा संचालन गर्ने काम बाल बिभागका संयोजक रेणु वाइबा तामाङ र कोषाध्यक्ष फुरु लामा तामाङले गर्नु भएको छ ।

नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल, सभ्य र स्वास्थ्य समाजको परिकल्पना सहितको शिक्षाले संस्थाको लक्ष्य र उद्देश्य अनुरुपको काम गर्न थालेको तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ्ले बताउनु भयो ।
तामाङ समाज अमेरिकाको कार्यलयमा नेपाली भाषाको कक्षा संचालन भईरहेको हुँदा अमेरिकामा रहेका सबै अभिभावकहरूलाई आफ्नो बालबालिकाहरूलाई नेपाली भाषाको कक्षामा सहभागी गराई दिनुहुन हार्दिक अनुरोध गर्द्छौ ।
स्थान :- ३९-३० ५८ स्ट्रीट, तामाङ समाज अमेरिकाको कार्यालय समय : हरेक आइतबार बिहान १० बजे देखी १२ बजे सम्म ।

तामाङ समाज अमेरिकाले भव्यरूपमा ल्होछार मनाउने
यसै बीच तामाङ समाज अमेरिकाले आउँदै गरेको “२८५५ औं फा ल्हो” सोनाम ल्होछार भब्यताका साथ मनाउने भएको छ ।
अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिकाको कार्यालयमा बसेको कार्यसमितिको बैठकले २ फेब्रुवारी २०१९ शनिबार दिन Five Star Banquet 13-05 43rd Ave, Long Island City, NY मा “२८५५ औं फा ल्हो ” सोनाम ल्होछार भब्यताका साथ मनाउने निर्णय गरेको हो ।
तामाङ भाषा, धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ २८५५ सोनाम ल्होछारलाई मौलिक परम्परा एवं सन्देस मुलक तरिकाबाट मनाउने भएको छ । ल्होछारको लागि स्थान तय भैसकेको र अन्य तयारीअघिबढी रहेको तामाङ समाज अमेरिकाले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू