तुलसीपुरमा व्यापारिक स्तम्भ बन्ने

admin

दाङ, ४ कात्तिक: तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरको पहिचानलाई स्थापित गर्नका लागि बहुउद्देश्यीय तुलसी ट्रेड टावर निर्माण गर्नेे भएको छ ।  उपमहानगरपालिकाले निजी क्षेत्रसंँग सहकार्य गरेर सुविधायुक्त व्यापारिक स्तम्भ निर्माण गर्ने भएको हो । त्यसका लागि उपमहानगरपालिकाले चालु आवमा रु १० करोड बजेट विनियोजन गरेको नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो स्तम्भ उपमहानगरपालिको आफ्नै कार्यालय भवन नजीकै रहेको तरकारी मण्डीभित्र निर्माण गरिने छ । त्यहाँस्थित तरकारी मण्डी अब छिटै उपमहानगरपालिकाको वडा नं ६ मा निर्माण गर्ने लागिएको तरकारी बजार केन्द्रमा सारिने छ । स्तम्भ निर्माणका लागि अब छिट्टै प्रक्र्रिया अगाडि बढाइने उपमहानगरपालिकाले जनाएको छ । करीब रु ४० करोडको लागतमा बनाइने सो स्तम्भमा क्यु एफ, एक्स चलचित्रघरसहित सात तला रहने छ ।
-रासस

प्रतिक्रिया