पिएनपिखबर, भक्तपुर : केहि समय अघि नौ वर्षिया बालिका रुबी राईले आफ्नो नित्यले सबैलाई मोहित बनाई भाइरल हुन पुगिन। रुबी जस्तै नाच्ने युना खड्का यति खेर दर्शकको नजरमा परेकी छिन् । उमेरले सानी भएता पनि युनासंग ठुला-ठुला डान्सरलाई मात दिन सक्ने क्षमता छ।
भक्तपुर, गुन्डुमा बसोबास गर्दै आएकी प्रतिभाकी धनी युना खड्काको नृत्यको साथ् साथै अभिनयमा पनि उत्तिकै रुचि छ। उनी आफ्नो स्कुलमा कार्यक्रमहुँदा नृत्यमा भाग लिने गर्छिन। ८ वर्षिया युना सामाजिक संजालमा निकै सक्रिय छिन्। उनी डान्सको भिडियो हेरेर नै आफुले डान्स सिक्ने गरेको उनको भनाई छ। उनले आफ्नो डान्स फेसबुक, युटुबमा बेला बेलामा पोस्ट गरिरहेकी हुन्छिन।
डान्स र अभिनय गर्न मनपराउने युनाको नायिका बन्ने ठुलो सपना छ। राम्रो डान्सर र नायिका बन्ने सपनाका साथ अगाडी बढिरहेकी युना गीत गाउन र पढ्नमा पनि अब्बल छिन्। उनी कक्षा चारमा अध्धयनरत छिन्। उनी कक्षामा प्राय सधै प्रथम हुने गर्छिन।
अहिलेसम्म डान्सको भिडियोको भरमा नित्य गर्ने गरेकी युनाले अब चाडै नै डान्स सिक्ने बताईन। उनको भविष्यमा ठुलो कलाकार बन्ने लक्ष्य छ। उनी नायिका प्रियंका कार्कीको ठुलो फ्यान पनि हुन्। उनी भन्छिन,’म ठुलो भएपछि प्रियंका कार्की जस्तै बन्नेछु।’
हेर्नुहोस भिडियो :