दराई भाषाको पहिलो भिडियो, रामकुमार दराई र क्षितिज मेन्याङ्बोले ल्याए “पहाडकी छौडी” [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, ३ मङ्सिर  :  बैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका दुई सर्जक रामकुमार दराई र क्षितिज मेन्याङ्बोको सहकार्यमा “पहाडकी छौडी” बोलको दराई भाषाको गीतको भिडियो सार्वजनिक भएको छ ।

क्षितिज मेन्याङबो लामो समय देखि नेपाली संगीत कर्ममै रहेर गायक तथा संगीतकारको पहिचान बनाएका सर्जक हुन् भने रामकुमारको यो पहिलो सार्वजनिक श्रृजना हो । यस गीतमा रामकुमारले शब्द, स्वरका साथै अभिनय पनि गरेका छन् ।

दराई भाषा र भेषभूषामा पहिलो पटक बनेको यस गीतको भिडियोमा रामकुमार दराईको साथमा शान्ती दराईको पनि प्रमुख अभिनय रहेको छ भने जीवन श्रेष्ठको छायाँकनमा सागर लामा गोलेको निर्देशन र तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया