दशैं विशेष कार्यक्रममा स्टार आर्टको प्रतिभा सम्मान कार्यक्रम [फोटो फिचर]

admin

काठमाडौं । नेपालीहरुको महान पर्व बिजया दशमी नजिकिदै गर्दा स्टार आर्टले एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नै प्रशिक्षण केन्द्र रहेको ललितपुरको बाल कुमारीमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मानित गरेको हो ।

बिगत करीब दुई दशक देखि नृत्य लगायतका विभिन्न विधामा प्रशिक्षण सञ्चालन गर्दै आएको उक्त संस्थाले सदावहार कमेडी किङको परिचय बनाएका नायक जय किशन बस्नेत, पार्कर साहसिक खेलबाट दुई पटकसम्म विश्व किर्तिमान् राख्न सफल दिनेश सुनार, चर्चित रियालिटी शो बुगी उगीकी बिजेता कबिता नेपाली, वाईल्ड रिपर्ज क्र्युका सुमन तामाङ, चलचित्र निर्देशक तुलसी बाँस्कोटा तथा अभियान रक्षक राईलाई सम्मानि गरेको थियो ।

स्टार आर्टकै सञ्चालक मध्येका एक जितेन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त विशेष कार्यक्रममा बालकुमारी टोल सुधार समितिका अध्यक्ष, श्याम बस्ताकोटी, महिला जागरण समूहका पूर्व अध्यक्ष ईन्द्र कुमारी महर्जन, बालकुमारी ९ वडाकी एक मात्र महिला सदस्य सानु अवाले, यति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामलाल अवाले, महिला जागरण समूहकी उपाध्यक्ष सरस्वती अवाले, द अल ईन वान ग्रुपका क्याप्टेन बिक्रम मलाकी लगायत समूह, वाईसियल नेपाल ललितपुर महानगरका अध्यक्ष दिपेन्द्र शाही लगायत कमिटी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

उपस्थित भएका वक्ताहरुले स्टार आर्टले बाल कुमारीमा स्थापना भएर त्यस टोलको मात्र नभई समग्र देशलाई चिनाएको भन्दै अझ सफलताको लागी शुभकामना दिएका थिए । नायक जय किशन बस्नेतले आफ्नो चलचित्रका केही लोकप्रिय संवाद बोलेर माहौल हाँसोमय बनाएका थिए । कार्यक्रमको सञ्चालन भने स्टार आर्टका प्रमुख आईते तामाङले गरेका थिए ।

स्मरण रहोस् चर्चित रियालिटी शो बुगी उगीकी बिजेता कबिता नेपाली स्टार आर्टकै नृत्य विद्यार्थी हुन् भने विश्व रेकर्ड राखेका पार्कर दिनेश सुनार स्टार आर्टकै सञ्चालक समिति सदस्य हुन् । त्यसै गरी स्टार आर्टकै प्रशिक्षार्थीहरुले आधुनिक बि बोईङ लगायतका बिधामा पनि राष्ट्रिय स्तरका धेरै बिधामा जित हासिल गरेका छन् । हाल पनि स्टार आर्टमा विभिन्न प्रकारका नृत्य, संगीत, अभिनय, पार्कर, जिम्न्याष्टिक लगायत विधामा प्रशिक्षण दिने गरिएको छ । त्यहाँ संलग्न विभिन्न व्यक्तिहरु पनि विश्व रेकर्ड राख्ने गरी फरक विधा अंगाली रहेका छन् । स्टार आर्टको यो सक्रियता हेर्दा र नयाँ नयाँ प्रतिभाहरु उत्पादन गर्दै विश्व रेकर्ड समेत दिलाउँने गरी प्रतिभाहरुलाई हौसला, प्रोत्साहन र प्रशिक्षणमा अग्र पंतिमा रहेको देख्दा समग्र संस्थाले नै विश्व रेकर्ड राख्न उन्मुख भएको अनुमान लगाउँन सकिन्छ ।

हेर्नुहोस् फोटो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू