दिनहुँ नखानुहोस् यी ५ खानेकुरा

रिता घिसिंग

एजेन्सी : तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ । जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ । कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।

१. दुधः
हुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।

२. खानापछि गुलियो खानेकुराः
धेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।

३. साँझ भारी खाजाः
दिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ रु हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।

४. आलुः
आलुमा बासो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।

५. स्वस्थ स्न्याक’
बजार स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ ।

प्रतिक्रिया