दिल्लीको हावाको गुणस्तर कमजोर

admin

नयाँदिल्ली, ५ कात्तिक (रासस/एएनआई) : भारतको राजधानी सहर नयाँदिल्लीको वायुको गुणस्तर कमजोर रहेको पाइएको छ । सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २०० अङ्कभन्दा माथि रहेको छ ।

वायु गुणस्तर सूचक (एक्यूआई) अनुसार दिल्लीको लोधिया सडक क्षेत्रमा सोमबार बिहान वायुको गुणस्तर पिएम २.५ र पिएम १० क्रमशः २१९ र २३७ रहेको छ ।

वायुको गुणस्तर सूचक शून्यदेखि ५० सम्म रहेमा त्यसलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक, १०१ देखि २०० सम्म मध्यम, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० भएमा ज्यादै कमजोर तथा ४०१ देखि ५०० भएमा गम्भीर मानिन्छ ।

व्दारकामा वायुको गुणस्तर ३६१ र नाडेलाको ३०० रेकर्ड गरिएको थियो ।

छिमेकी राज्यहरु पन्जाब र हरियणामा नियमित रुपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्ली र एनसीआरमा वायुको गुणस्तर खस्किएको हो ।

त्यस्ता वस्तु बाल्न निषेध गरिए पनि कृषकहरुले अझै रोकेका छैनन् किनभने उनीहरुसँग अन्य उपयुक्त विकल्प उपलब्ध छैन । उनीहरुले आफ्ना कारणले नभई उद्योगहरु र सवारी साधनका कारण नयाँदिल्लीमा प्रदूषण बढेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया