दीपिकाले लागाइन् दुई करोडको औंठी [फोटो फिचर]

मनिषा थापा

अभिनेत्री दीपिका पादुकोणले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहका दुई तस्वीर पोस्ट गरेकी छिन्। सार्वजनिक दुई तस्वीरमा दीपिका र रणवीर सिंह विवाह पहिरणमा देखिएका छन् ।

इटालीको लेक कोमोमा नोभेम्बर १४ र १५ मा विवाह गरेका उनीहरुले कोन्कानी र शिख रितिमा विवाह गरेका हुन् । उनीहरुका दुई तस्वीरले अहिले सामाजिक सञ्जालमा भरिएको छ । फ्यानहरुले सामाजिक सञ्जालमा दुई तस्वीर राख्दै शुभ कामना दिएका छन् ।

अहिले दीपिकाले विवाहमा पहिरिएकी गहनाका मुल्य बाहिरिएको छ । द हिन्दुस्तान टाइम्सले दीपिकाको इन्गेजमेन्ट औंठी करिव २ करोड माथि रहेको बताएको छ ।

यसअघि सोनम कपुरले ९० लाखको ‍औंठी विवाहमा लगाएकी थिइन् भने अनुश्का शर्माले १ करोडको औंठी लगाएकी थिइन् ।

 

View this post on Instagram

 

❤️

A post shared by Deepika Padukone (@deepikapadukone) on

प्रतिक्रिया

सम्बन्धित समाचारहरू