नयाँ स्वादमा ‘साइँली र माइली पोइला गएछन् ‘ (भिडियोसहित)

रिता घिसिंग

काठमाडौं : कुनै बेलाको अत्यन्त लोकप्रिय गीत ‘साइँली र माइली पोइला गएछन्, गाउँघर नै सुन्ने पारे र…’ आज पनि उत्तिकै सान्दर्भिक छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नयाँ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् ।

निर्देशक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन् । लोकप्रिय अभिनेता सन्दिप क्षेत्रीलाई मुख्य पात्रको रुपमा प्रस्तुती गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले साइँली र माइलीको भूमिका निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।

अर्जुन तिवारी तथा बुद्ध थापाको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रोन सञ्चालन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया