निःशुल्क आँखा शिविर

मनिषा थापा

काठमाडौँ, १ मङ्सिर (रासस)  : सशक्तीकरण समाज नेपाल (स्टेप नेपाल) को आयोजनामा बालाजु, बोहोराटारमा सञ्चालन गरिएको आँखा शिविरमा १२७ जना व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहरुलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ, महानगरपालिका वडा नं १६ कार्यालय, सोहृखुट्टे, महानगरीय प्रहरी वृत, बालाजु, एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपाल (नानगान), बिजुलीबजार,, अपराधमुक्त समाज नेपाल र स्वीट हर्ट मन्टेश्वरी प्रि—स्कुलको समन्वयमा सम्पन्न सो शिविरमा मेट्रो आई केयर, सुविधानगरका वरिष्ठ आँखा रोग विशेषज्ञ बीरेन्द्र महतको नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण गरेको थियो ।

सामाजिक उत्तरदायित्वअन्र्तगत मेगा बैंक लिमिटेड, कमलादीको सहयोगमा सञ्चालन गरिएको सो शिविरको उद्घाटन गर्दै स्टेप नेपालका अध्यक्ष दलबहादुर जिसीले राजधानीको प्रदूषणका कारण आँखाका रोगीहरुको सङ्ख्या बढिरहेकाले यसखालका शिविरहरुको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया