निर्मलाका बाबुको आक्रोश, भन्छन्: बम दिदिबहिनी र एसपी बिष्टमार्फत मात्रै हत्यारा पत्ता लगाउन सकिन्छ [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। पश्चिम नेपालको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारजनले न्यायको माग गर्दै आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना शुरू गरेका छन्।

घटना भएको एक सयभन्दा बढी दिन बितिसक्दा पनि त्यसमा संलग्नहरूलाई पत्ता नलगाइएपछि उनीहरूले धर्ना थालेका हुन्। उनीहरूले अबको केही दिनसम्म पनि दोषी पत्ता नलागे आमरण अनशन शुरू गरेने चेतावनी समेत दिएका छन्।

निर्मलाका बुबाले भने , ‘आजसम्म पनि दोषी पत्ता नलागेकाले हामी अनिश्चितकालिन धर्नामा बसेका हौँ।’ आइतवार पन्त परिवार सहित महिला अधिकारकर्मी र स्थानीयवासी नारा-जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा बसेका हुन्।

निर्मला पन्तका बुवा यज्ञराज पन्तले लामो समयदेखि न्याय माग्दा-माग्दै परिवार नै आर्थिक संकटमा परेपनि न्याय नपाएसम्म पछि नहट्ने बताए। “जबसम्म मेरो छोरीलाई न्याय मिल्दैन तबसम्म यो जिल्ला प्रशासनको गेटबाट उठ्दिनँ,” उनले थपे।

निर्मलाका परिवारले अहिले सम्म सरकारले दिने भनेको राहत पनि बुझेका छैनन्। उनका आमा-बाबु दुवैजना बिरामी भएकाले औषधि खाएरै धर्नामा बसिरहेको बताइएको छ। लामो समयसम्म पनि दोषी पत्ता नलगाई सरकारी निकायले अनुसन्धानको नाटक मात्र गरेको भन्दै महेन्द्रनगरवासी झनै आक्रोशित भएका छन्। अझै कति दिन सम्म निर्मलाले न्याय नपाउने हो र निर्माला कै न्याय कै लागि धर्ना बस्नु पर्ने हो त्यसको भने कुनै टुंगो लागेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू