नुवाकोटमा सेवाग्राही नै कम

admin

विदुर, ४ कात्तिक : नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भए तापनि सेवाग्राही भने न्यून छन् । नेपाल सरकारले सरकारी कर्मचारीलाई दशैँ बिदा कटौती गरेर नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने उद्देश्यले कर्मचारीलाई विभिन्न कार्यालयमा खटाए तापनि प्रशासन कार्यालयमा भने आज सेवाग्राही धेरै आएनन् । बडादशैँको बाह्रौँ दिन आज पनि सो कार्यालयमा कर्मचारी आएका छन् तर अरु दिनभन्दा आज सेवाग्राही धेरै कम रहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो ।

“अरु दिनमा नागरिकता र राहदानी बनाउनेको भीड लाग्ने गथ्र्यो, एकै दिनमा नयाँ र पुराना प्रतिलिपि गरी ७० देखि ८० वटा जति नागरिकता बन्ने गथ्र्योे तर आज भने नयाँ नागरिकता तीन र प्रतिलिपि एउटा गरी जम्मा चार वटा बनेको छ, राहदानी १० वटा र सिफारिस तीन वटा गरी जम्मा १३ वटा मात्र बनेको छ”, थापाले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया