नेपाली चेली मेनुकाले भारतीय गायन शोमा गीत गाउँदा चकित परे भारतीय गायक ! जजले भने, “तिम्रो मुल्याकंन गर्ने हाम्रो औकात छैन”(भिडियो सहित)

मनिषा थापा

नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेल पूर्ण एकपटक चर्चामा चुलिएकी छिन्। भारतको च्यानल जि टिभीबाट प्रसारण भएको गायन रियालिटी शो ‘सारेगामापा’मा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकी छिन् ।

सांगेतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’मा अडिसन राउण्डबाट छनौट भएकी थिईन् । नेपालमा पहिलो पटक ‘सारेगामापा’को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन्।

उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।

जजको रुपमा रहेका संगितकार शेखर रबजानी , सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् । उनी भन्छिन्, “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू