नेपाल टेलिभिजनको पहिलो समाचारवाचक तथा चलचित्र निर्देशक गगन विरहीको निधन !

मनिषा थापा

भक्तपुर  : साहित्यकार तथा चलचित्र निर्देशक गगन विरहीको ६१ वर्षीयको उमेरमा निधन भएको छ । उनको मृत्यु आईतबार दिउँसो ४ बजे नर्भिक अस्पतालमा भएको थियो।

लामो समयदेखि कलेजोको समस्याबाट पिडित गगनलाई अचानक रुघाखोकी र ज्वरोले गालेपछि गत शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको निधनको कारण निमोनिया र मृगौलामा देखिएको असर रहेको जानकारी छ।

‘झ–झल्को’, ‘मितेरी गाउँ’, ‘शिखर’, ‘घर–आँगन’ जस्ता चलचित्र निर्देशन गरेका गगन नेपाल टेलिभिजनको पहिलो समाचारवाचक पनि हुन्। निर्देशक विरहीका छोरा अस्ट्रेलिया र छोरी अमेरिकामा छन् । छोरी भने शनिवार नै काठमाडौं आएकी थिइन् । विरहीको आइतवार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनी नेपाल टेलिभिजनको पहिलो समाचारवाचक पनि हुन्।

केही दिन अघिसम्म उनी आफूले रचना गरेको कविता तथा गीतको संग्रह ‘हस्ताक्षर’ विमोचन गर्ने तयारीमा थिए । बाबुको सपना छोरी एलिना श्रेष्ठले पूरा गरेकी छिन् । निधन हुनुभन्दा २ घण्टाअघि मात्र विरहीको अन्तिम कृति ‘हस्ताक्षर’ नर्भिक अस्पताल परिसरमा विमोचन गरिएको थियो ।

प्रतिक्रिया