नेपाल टेलिभिजनमार्फत प्रसारित ‘डियर जिन्दगी’को पहिलो श्रृंखला सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  घटस्थापनाको दिन देखि नेपाल टेलिभिजनमार्फत प्रसारण भएको मेघा सिरियल ‘डियर जिन्दगी’को पहिलो श्रृंखला पिएनपिमिडियाको अफिसियल युटुब च्यानलमार्फत  सार्वजनिक गरिएको छ।

उक्त सिरियल हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाबाट शुक्रबार साझा सार्वजनिक गरिनेछ। जनकदीप पराजुलीको निर्देशन रहेको यस सिरियल पुर्ण पारिवारिक कथामा आधारित छ।

कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको निर्माण रहेको सिरियलको केहि दिनअघि ट्रेलर सार्वजनिक गरिएको  थियो । बसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको सिरियलमा सुनील थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारले अभिनय गरेका छन् ।

सिरियलका निर्माता रामकृष्ण बिसी हुन् भने युवराज खत्री कार्यकारी निर्माता र सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता रहेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया